टिकटक स्टार गीता ढुंगाना: जति राम्रो अभिनय, उति नै मिठो स्वर (भिडियो)



कलाकार तथा सञ्चारकर्मी चिरञ्जीवी सापकोटा (जिविचिरन)ले नयाँ गीत ‘जात’को भिडियो सार्वजनिक गरेका थिए । सो गीतमा टिकटक स्टार गीता ढुंगानाको अभिनय रहेको छ ।

रुकुम-जाजारकोट घटनापछि मुलुकमा जातिय विभेदको विषय उत्कर्षमा पुग्दै गर्दा आएको यस गीतमार्फत जातीयरुपमा गरिने विभेदको कुरा उजागर गरिएको छ । यस गीतमा गीताले एक दलित यूवासँग प्रेम गरेकी छन् । शुरुमा समस्या उत्पन्न भएपनि पछि परिवारले कुरा बुझेर प्रेम स्वीकार गरेको भिडियोमा देखाईको छ ।

यस गीतमा जिविचिरन, गायक प्रताप दास र प्रविन भट्टको आवाज छ, भने ललित पौडेलको शब्द तथा ओम सुनारको संगीत रहेको छ । गीतको भिडियोमा अभि सुनार, गीता ढुंगाना र रविन्द्र सुवेदिको अभिनय छ ।

टिकटकमा गीताले तीन सय बढि भिडियो राखेकी छन् भने झण्डै चार लाख फलोअर छन् । आज हामीले तपाईँसामु यसै गीतकी मोडल तथा टिकटक स्टार गीत ढुंगानासँगको पहिलो कुराकानी प्रस्तुत गर्दैछौँ।

भिडियो हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu