राजधानीमा ‘मिस टिन कलेज’को पहिलो छनौट सम्पन्न



[dropcap]प[/dropcap]छिल्लो समय राजधानीमा युवतीहरुको सुन्दरता तथा दक्षता परिक्षणको नाममा बिभिन्न प्रतियोगिताहरु आयोजना हुँदै गर्दा शनिवार राजधानीमा “टिभिएस उइगो मिस टिन कलेज” को पहिलो छनौट चरण सम्पन्न भएको छ । कलेजमा अध्ययनरत टिनएजर्स युवतीहरुमा केन्द्रित रहि यो प्रतियोगिता आयोजना गरिएको हो ।

MIss-teen-college-banner
टिनएज युवतीहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमताको आवश्यकताको जानकारी तथा सामाजिक कार्यमा समेत युवा पुस्ताको अग्रसरता आवस्यक हुने बारे चेतना जगाउने हेतुले यो प्रतियोगिता आयोजना गरिएको आयोजक सिजन मिडिया प्रा.लि.ले जानकारी दिएको छ ।
MIss-teen-college nepalटिभिएस उइगो मिस टिन कलेज”को पहिलो चरणको संस्करणको लागि उपत्यकामा रहेका ५० भन्दा बढी विभिन्न कलेजहरुवाट १०० भन्दा बढी छात्राहरूको आवेदन आएको आयोजकले जनाएको छ ।
पहिलो चरणको छनोटमा व्रिटीस कलेजका प्रोगाम डाइरेक्टर टेकनाथ पौड्याल , मिस ई–कलेज २०१३ की विजेता प्रज्ञा लामिछाने, नायिका मिरा के सी , सिजन मिडियाका मार्केटीङ्ग म्यानेजर भुवन राउत , मोडल नमिता मण्डारी तथा कोरीयोग्राफर रोजीन शाक्य अडिसन को निर्णायक मण्डल थिए ।

 

 
MIss-teen-college

 

उक्त प्रक्रियावाट छनौट भएका प्रतियोगीहरुलाई आइतवारवाट प्रशिक्षण दिइने छ । प्रशिक्षणको क्रममा पौडी, शारारिक फिटनेश ,फोटो सेसन व्यक्तित्व विकास सम्वन्धी पनि शिक्षण दिइने छ । विभिन्न सामाजिक संस्थाहरुको संस्थागत भ्रमण सम्वन्धि जानकारी प्रदान पनि गराइने छ । भने स्टेज पर्फमेन्स क्याटवाक आदि कुराको पनि परिक्षण सहित प्रशिक्षण दिईने छ ।
फाल्गुन दोस्रो साता उत्त प्रतियोगीताको फाईनल अडिसन हुनेछ । प्रतियोगिताका विजेताले ‘टिभिएस उइगो मिस टिन कलेज’ को ताज सहित रु एकलाख ४० हजार पर्ने स्कुटर र उच्च शिक्षामा ५० हजार बराबरको छात्रावृत्ति साथै अन्य गिफ्टहयाम्पर पाउने छन । फस्ट रनर अप र सेकेण्ड रनर अपले भने क्रमशः रु २५ हजार र रु १५ हजार साथै १ वर्षको छात्रावृत्ति र अन्य गिफ्टहयाम्पर प्राप्त गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu