पोखरामा फलानो क्रियशनको टेलिफिल्म ‘शहर’ बन्दै



पोखरामा रहेका केही युवा सञ्चारकर्मीहरुको पहलमा स्थापित फलानो क्रियशनले  टेलि फिल्म ‘शहर’ को निर्माण गर्ने भएको छ । समुहले मंगलबार पत्रकार सम्मेलनको आयाजना गरी ‘शहर’ निर्माणको घोषणा गरेको हो ।

पत्रकार सम्मेलनमा लेखक तथा निर्देशक अपिल त्रिपाठीले गण्डकी टेलिभिजनसँगको सहकार्यमा ‘शहर’ निर्माणको अन्तिम तयारीमा रहेको बताउनुभयो । उहाँले पोखरामा देखिएका केही फिल्मी शैलीका घटनाहरु र पोखराको ब्यावसायिक र सामाजिक जीवन नै टी.भी फिल्म शहरको बिषयबस्तु हुने जानकारी दिनुभयो ।

‘निर्जीव शहरमा विकसीत संस्कारले सजीव मानिसको जीवनमा पारेको अस्वभाविक प्रभावको कथालाई ‘शहर’ले कांचको पर्दामा प्रस्तुत गर्नेछ । हरेक हप्ता नयाँ कथाबस्तुमा निर्माण हुने टि.भी फिल्ममा पोखरावासीले झेल्दै, देख्दै र सुन्दै आएका घटनाहरुलाई कलात्मक ढङ्गले प्रस्तुत गरिने आयोजकको दावी छ ।

 

साप्ताहिक रुपमा गण्डकी टेलिभिजनबाट प्रसारण हुने टि.भी फिल्म शहर, पहिलो चरणमा लगातार ६ महिना सम्म प्रसारण हुने बताइएको छ । २०७० माघको अन्तिम साताबाट छायांकन प्रारम्भ गरी चैत्र मसान्तसम्म ‘शहर’ को सम्पुर्ण प्राविधिक काम सक्ने तयारी रहेको छ ।

 

पत्रकार सम्मेलनमा टि.भी फिल्मका निर्माता ङुटुक गुरुङ ‘टाइगर’ ले ‘शहर’ को कथाबस्तुबाट प्रभावित भएरै लगानी गर्न तयार भएको बताउनुभयो । ‘शहर’को मुख्य प्रायोजक युनाइटेड रेफरेन्स ल्याब्रोटरीका प्रबन्ध निर्देशक ठाकुर पन्तले टि.भी फिल्म निर्माणमा युवा सञ्चारकर्मीहरुको सक्रियताले उत्साहित बनाएको भनाई व्यक्त गर्नुभयो ।

 

अपिल त्रिपाठीको लेखन तथा निर्देशन रहने टि.भी फिल्म ‘शहर’ मा, फलानो क्रियशन र पर्यटन व्यवसायी, समाजसेवी तथा कलाकार ङुटुक गुरुङ्गको संयुक्त लगानी रहनेछ ।  ‘शहर’ मा सरोज अधिकारीको छायाँङ्कन, सुबास अम्गाईको सम्पादन र सुर्य ‘सिकारु’ को बजार व्यवस्थापन रहेको छ । शीर्ष गीतको लेखन मन क्षेत्रीले गर्नुभएको छ । ‘शहर’ को हाल कलाकार छनौट कार्य भइरहेको  जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu