सलमान खानको फेरो समाउँदै रोमानियाकी मोडल



[dropcap][/dropcap]लिउड स्टार सलमान खानको फेरो समाएर धेरै अभिनेत्री जमेका छन् । यस्तै, पछिल्लो समय रोमानियाकी मोडल लुलिया भान्तुर पनि बलिउडमा जम्ने तरखरमा छिन् । यी रोमानिया सुन्दरीले सलमानकै साथ लिएकी छन् ।

केही दिअघि मात्र लुनियाले सलमान खानसँग खिचाएको तस्बिर भारतीय सञ्चारमाध्यमले सार्वजनिक गरेको थियो । त्यसपछि नै उनी बलिउडमा चिनिन थालेकी हुन् ।

Salman-khan-and-liliya-vantur

सलमानसँग तस्बिर खिचाएपछि चर्चा पाइएला भन्ने उद्देश्यमा लुनिया सफल भएको  बलिउडमा चर्चा छ ।  सलमानले फिल्म ‘जय हो’मा काम गर्दा उनी सलमानसँगै हुन्थिन् । उनीहरूको सम्बन्धबारे त्यतिबेलादेखि नै चर्चा चलेको थियो । अब लुलिया बलिउडमा औपचारिक रूपमा प्रवेश गर्दै छिन् ।

अतुल अग्निहोत्रीले निर्माण गर्न लागेको फिल्म ‘ओ तेरी’बाट उनले बलिउडमा डेब्यू गर्ने तय भएको छ । फिल्मको आइटम नम्बरमा उनलाई लिने पक्कापक्की भएको छ । सलमानसँगको संगतका कारण बलिउडमा जम्न अभिनेत्री कट्रिना कैफलाई सहज भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu