सलमान खानको ‘बिइङ्ग ह्युमन’ शोरुम काठमाण्डौमा



बलिउड स्टार सलमान खानको कम्पनि ‘सलमान खान फाउन्डेशन’ को ‘बिइङ्ग ह्युमन’ अंकित कपडाको शोरुमको नेपालमा औपचारिक रुपमा सुचारु भएको छ । राजधानीको दरवारमार्ग स्थित ‘राईजिङ मल’को पहिलो तलामा ‘बिइङ्ग ह्युमन’को नाममा उत्पादित सम्पुर्ण ब्राण्डका सामग्रीहरु उपलब्ध हुनेछन् ।

नेपालको स्वास्थ्य र शिक्षामा सहयोग पुर्याउने भन्दै ‘एबिसिडिई ईन्क’ नामक संस्थाले ‘सलमान खान फाउन्डेशन’ को ‘बिइङ्ग ह्युमन’ स्लोगनको शोरुम नेपालमा विस्तार गरिएको हो । सलमान खानका धेरै नेपाली फ्यानहरुलाई यो शोरुमको सुरुवातीसँगै उनको समर्थनमा ‘बिइङ्ग ह्युमन’ को स्लोगन अंकित लुगा ठुलो धपरी बिना नै प्राप्त गर्नमा सघाउ पुगेको छ ।

being-human-salman-khan
‘सलमान खान फाउन्डेशन’ को ‘बिइङ्ग ह्युमन’ स्लोगनको शोरुम सुरुवातमा सञ्चालनमा ल्याउने राष्ट्र फ्रान्स हो भने नेपाल पन्ध्रौं राष्ट्रमा परेको छ । यो बारेमा जानकारी दिन केहि दिन अगाडी आयोजित प्रेस मिटमा एबिसिडिई ईन्का अध्यक्ष दिपेन्द्र गुरुङले यो शोरुमबाट आर्जित हुने रकमको केही भाग सामाजिक कार्यमा खर्चिने बताएका थिए ।

यो शोरुमको उद्घाटनको लागी स्टार सलमानलाई नै नेपाल ल्याउने तयारी गरे पनि आयोजक सफल हुन सकेन । सलमानको व्यस्तताको अगाडी नेपाल आउने कार्यतालिका बन्न नसकेपछी उनी नआएका हुन् । तर केहि महिमा पछी हुने च्यारेटी कन्सर्टका लागि भने सलमानलाई नेपालमा ल्याउन प्रयास गरिने ‘एबिसिडिई ईन्क’ले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu