प्रिमियम ब्राण्ड इन्फिनिक्सले बजारमा नयाँ भर्जनको मोबाइल फोन भित्राएको छ । ‘हट ९ प्ले’ नाम दिइएको फोनमा छ हजार एमएएच ब्याट्री रहेको छ ।

नेपालमा रु.१४,४९० मा किन्न पाईने यो फोनमा ६.८२ इन्च एचडि सिनेम्याटीक डिस्प्ले रहेको छ भने माइक्रो एसडि कार्ड स्लट, चार जिबि ऱ्याम र छ जिबि स्टोरेज मेमोरी रहेको छ । यो फोन एन्ड्रोइड १० र एक्सओएस ६ मा संचालित छ । यो फोनमा १३-१३ मेगापिक्सेलको क्यामेरा जडान गरिएको छ । मुख्य क्यामेरामा त्रिपल लिड छ भने फ्रन्ट क्यामेरामा प्म्लास लाईट भएको एआइ लेन्स रहेको छ ।
स्टाण्डबाई मोड्मा ३४ दिनसम्म टिक्ने ब्याट्री भएको यो फोनलाई ओला इलेक्ट्रोनिक्स प्रा.लि.ले देशैभर वितरण गरेको छ । उच्च ग्राफिक डाउनलोड गर्न, धेरै भिडियो स्टोर गर्न, र ब्याट्री सकिनेबारे चिन्ता नलिईकिन फोन चलाउन चाहनेको लागि यो फोन उत्कृष्ट भएको वितरक कम्पनीले जनाएको छ ।