लौ हेर्नुहोस् ऋतिक रोशनको कला जादु (भिडियो)



hritik-roshan-krish-3ठुलोपर्दा डटकम, काठमाण्डौ। बहुप्रतिक्षित चलचित्र ‘क्रिस–३’ को ‘रघुपती राघव …’ बोलको गीतको टिजर सार्वजनिक भएको छ । ऋतिक रोशनको धमाकेदार नृत्य समावेश उक्त टिजर सार्वजनिक भएको हो । १६ सेकेण्डको उक्त टिजरमा रितिकले निकै नै कलात्मक र आकर्षक ढंगले शरीर हल्लाएर नाचेका छन् ।

उक्त नृत्य देख्दा उनको चर्चित चलचित्र ‘कहो ना प्यार है ’ हो सम्झना आउन सक्छ किनभने उनको नृत्य शैलीहरु कताकता मिल्न गएका छन् । नृत्यका केही स्टेपहरु दोहोरिएको महशूस भएपनि दर्शकलाई मनोरञ्जन भने भरपूर दिने अपेक्षा राखिएको छ ।

च्लचित्रमा रघुपति राघव सहित अन्य गीतका म्यूजिक निर्देशक राजेश रोशन रहेका छन् भने चलचित्रको ब्याकग्राउन्ड स्कोर सालिम सुलेमानले गरेका छन् । सन् २००३ मा ‘कोइ मिल गया’बाट एकाएक हिट भएका रितिक सन् २००६ मा चलचित्र क्रिस देखि झैनै चर्चित भएका थिए । त्यसपछि अहिले उनी ‘क्रिस ३’ मा सूपर हिरोको भूमिकामा देखिदैछन् ।

रितिकसँगै प्रियंका चोपरा, कंगना रनौत र विवेक ओबराएको अभिनय र अमिताभ बचनको रोचक तर छोटो ‘भ्वाइसओभर’ रहेको चलचित्र ‘क्रिस–३’ हेर्नका लागी दर्शकहरुले नोभेम्वर ४ तारिकलाई पर्खिरहेका छन् । आशा गरौँ चलचित्रले दर्शकको अपेक्षालाई निराशामा बदल्ने छैन ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu