सलमान खानकी हिरोइनलाई हत्या प्रयास गरेको आरोप



[dropcap][/dropcap]लमान खानको चलचित्र ‘जय हो’ की नायिका डेजी शाह माथी हत्याको सजाय माग गर्दै दर्ता भएको छ। उत्तर प्रदेशको कन्नौजमा सत्येंद्र यादव नामका व्यक्तिले शाहलाई हत्यारा आरोप लगाएका छन्। यो मामलामा डेजीको साथमा डेढ दर्जन बढि मानिस विरुद्द पुलिस थानामा उजुरी दर्ता भएको हो।

deisy-shah4
२०१३ को डिसेम्बरमा भएको एक कार दुर्घटनामा नराम्रोसँग घाईते भएका थिए। त्यसबारेमा मुद्दा जाहेरी गरिएको थियो, तर यो केवल एक दुर्घटनाको रुपमा मात्र लिइयो। सोहि घटनाबारे हाल आएर सत्येन्द्रले प्रहरीमा उजुरी दिएका छन्। यो उजुरीमा उनले अभिनेत्री डेजी शाह र कोरियोग्राफर गणेश आचार्यको साथमा २१ जनाको नाम समेटेका छन्।

उजुरीमा सत्येन्द्रले आफ्नो हत्याको उद्देश्यले यो दुर्घटना गराईएको उल्लेख गरेका छन्। उनले यसबारेमा सत्य-तथ्य छानविन हुनुपर्ने बताएका छन्। सत्येंद्र यादव एक अभिनेता रहेको बताईएको छ। यादव राजनीतिमा पनि सक्रिय रहेको बताईएको छ। सत्येन्द्र आँफैले फिल्म बनाउने गर्छन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu