ढाका अर्न्तराष्ट्रिय फिल्म फेस्टिभलमा ‘अन्तराल’



antarralश्यामसुन्दर गिरी, काठमाण्डौ। गत जेठ ३ गते रिलिज भएको चलचित्र अन्तरालले सोचे अनुरुपको व्यापार गर्न सकेन त्यो अलग पाटो हो तर सो चलचित्रकी नव-नायिका आशिस्मा नकर्मीले भने निकै तारिफ पाईन । अशिष्मा सँगै डेब्यु गरेकी नम्रता सापकोटा भने खासै चलिनन्। यि दुई सँगै रजतपट भित्रिएका मानव सुवेदीले अन्तराल पछी चलचित्र पाए तर ति चलचित्रबाट उनि अगाडी बढ्न सकेनन् । प्रसंग चलचित्र अन्तरालको हो । व्यापारीक रुपले असफल चलचित्रको दर्जामा पर्ने यही चलचित्रले आगामी सन् २०१४ को जनवरी १० देखि १८ तारिखसम्म बंगलादेशको ढाकामा हुन लागेको ‘१३ औं ढाका अर्न्तराष्ट्रिय फिल्म फेस्टिभल’मा सहभागिता जनाउने भएको छ ।

चलचित्रका निर्माता जीवनसाथी बस्नेतले अर्न्तराष्ट्रिय सेक्सनमा अन्तराल स्क्रिनिङ गर्नका लागि औपचारिक पत्र आएको जानकारी गराए । ढाकाको रेन्बो फिल्म सोसाईटीले आयोजना गर्दै आएको सो फेस्टिभलमा आफ्नो फिल्म स्क्रिनिङ हुने भएपछि निर्देशक दिपा बस्नेतले सफलताको एउटा सिढीं उक्लेको महसुस गरेकी छिन् । चलचित्रलाई यो फेस्टिबलमा मात्र नभएर अन्य धेरै फेस्टिभलमा सहभागी गराउने सोच भएको निर्देशक बस्नेतले जानकारी गराईन् । चलचित्रले अपेक्षा गरे अनुरूप व्यापार नगरे पनि यस्ता फेस्टिवलहरुमा भने राम्रो स्थान पाउनेमा उनी शतप्रतिशत विश्वस्त छिन् ।

जीवनसाथी फिल्म्सको व्यानरमा दिपा बस्नेतले पहिलो पटक निर्देशन गरेको यस चलचित्रमा कमलमणी नेपाल, राजकुमार पुडासैनी, लोकेन्द्र लेखक, घनुभाई जोशी, मानव सुवेदी, अशिष्मा नकर्मी, नम्रता सापकोटा, अमितेष शाह, रूवी राणा, जेशिका बोगटी लगायतले अभिनय गरेका छन् । शशि विक्रम थापाको संगीत, शिवराम श्रेष्ठको छायांकन तथा अभिमन्यू निरवीको लेखन रहेको यो चलचित्रमा असिम चित्रकार र वुद्धरत्न महर्जनको सम्पादन एवं ग्राफिक्स रहेको छ । अन्तत निर्माण पक्षको आशा र सपनालाई अब फेरी अन्तरालले पुरा गर्छ या गर्दैन यसको लागि केही महिना कुर्नै पर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu