नेपाल टेलिभिजनले सुरु गर्यो चलचित्र समाचार



NTV-Filmy-newsश्यामसुन्दर गिरी, काठमाण्डौ। बुधवार देखी नेपाल टेलिभिजनले चलचित्र समाचार प्रसारणको सुरुवात गरेको छ । एनटिभीले हरेक दिन बिहान र बेलुकी ७ बजेको समाचार बुलेटीनमा दुई मिनेट बराबरको चलचित्र सम्बन्धी समाचार प्रसारण गर्नेछ । सञ्चारकर्मी राजन घिमिरेले समाचार संकलन गर्ने जानकारी प्राप्त भएको छ ।

विगत ९ वर्ष देखि टेलिभिजनमा चलचित्र सम्बन्धी कार्यक्रम ‘क्ल्याप बोर्ड’ निर्माण र सञ्चालन गर्दै आएका घिमिरेका अनुसार ‘चलचित्र क्षेत्रमा हुने हरेक गतिबिधीलाई समाचारमा समावेश गर्ने प्रयास गरिनेछ । डच मिडिया प्रालीको सहयोगमा नेपाल टेलिभिजनमा चलचित्र समाचार प्रसारण गर्न लागिएको हो ।

नेपालको एकमात्र फिल्मी च्यानल टिभी फिल्मी बाहेकका अन्य राष्ट्रिय टिभी च्यानलले बिशेष चलचित्र कार्यक्रम बाहेक मुख्य समाचारमा चलचित्र सम्बन्धी समाचार लाई स्थान दिने गरेका छैनन् । नेपाल टेलिभिजनको यो प्रयासले नेपाली चलचित्रलाई केही हद सम्म भएपनी टेवा पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu