बिग बोस विजेता गौहरलाई दिईएन पुरस्कार



‘बिग बोस ७’ सिजनको अन्त्य भएको लगभग डेढ महिना भन्दा बढि भईसकेको छ। यसको ग्राण्ड फाईनल २८ डिसेम्बर २०१३ मा नै सकिएको थियो जसमा गौहर खानलाई विजेता घोषणा गरिएको थियो। उनले ट्रफिका साथमा झण्डै पचास लाख भारु. को पुरस्कार पाउनुपर्ने थियो तर कलर्स च्यानलले उनको पुरस्कार अझैसम्म दिएको छैन। गौहरले एक अन्तरवार्ताको क्रममा यो कुराको खुलासा गरेकी छिन् की उनलाई अझै सम्म पुरस्कार मिलेको छैन।

gauhar-khan-big-boss1
एक लिडिंग अखबारसँगको कुराकानीमा गौहरले आफुले पुरस्कार नपाएको बताएकी हुन्। ‘बिग बोस ७’को होष्ट गरेका सलमान खानले गौहरलाई ट्रफि दिएका थिए। त्यो समयमा पुरस्कार स्वरुपको रकम भने दिईएको थिएन। कार्यक्रम अवधिभर गौहर घर बाहिर रहिन्। यो सिजनकी उप-विजेता तनिषा मुखर्जी तथा अयाज खान थिए, जो दोश्रो र तेश्रो स्थानमा रहे। चौथो स्थान संग्राम सिंहलाई मिलेको थियो।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu