तिहार गीत ‘रमाइलो तिहार’ सार्वजनिक (भिडियो)



सञ्चारकर्मी मनोज दाहालको तिहार गीत ‘रमाइलो तिहार’ सार्वजनिक भएको छ । सञ्चारकर्मी दाहालकै शब्द तथा संगीत रहेको गीतको निर्माण बिरेन्द्र दंगालले गरेका हुन् । गायनमा दाहाललाई गायिका हेमन चाम्लिङ राईले साथ दिएकी छन् ।

पूर्वाञ्चल रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको गीतको एरेन्ज रुद्र श्रेष्ठले गरेका हुन् । इटहरीमा छायांकन भएको म्यूजिक भिडियोको नृत्य निर्देशन तथा निर्देशन बिकल श्रेष्ठले गरेका हुन् भने सम्पादन पनि निर्देशक श्रेष्ठले नै गरेका हुन् ।

कवल विश्वासको छायांकन रहेको भिडियोलाई परिकला मिडिया प्रा.लिबाट पोष्ट प्रोडक्सन गरिएको हो । विशेष अनलाइन टिभीबाट सार्वजनिक गरिएको भिडियोमा गायक दाहालसँगै अंशु अधिकारी, धिरज पुरी, विजया नेपाल, बाबुुराम सुबेदी, गणेश निरौला, एस वि अनुरागीलगायतको अभिनय छ ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu