राजु लामाको गीतमा आसमान र अमिताको रोमान्स (भिडियो)



चर्चित गायक राजु लामाको स्वर रहेको गीत ‘तिम्रो साथ विना’ शुक्रवार एक कार्यक्रमबीच सार्वजनिक गरिएको छ । राजधानीको दरवारमार्गस्थित किङरिङ लञ्जवारमा एक कार्यक्रमको आयोजना गर्दै निर्माण टिमले गीतको भिडियो सार्वजनिक गरेको हो ।

कुमार स्याङग्बाको शब्द रचनालाई निमा लामा दोङले संगीत भरेको गीत ‘तिम्रो साथ विना’ मा मंगोलियन हर्ट राजु लामासँगै गायिका निर्मला घिसिङको पनि स्वर समावेश छ । दोलखाको पर्यटकीय स्थल कालिञ्चोक आसपास बढि लगानीमा छायांकन गरिएको गीतमा आसमान तामाङ वाईबा र अमिता दोङको अभिनय रहेको छ ।

अजय स्याङताङले निर्देशन गरेको गीतलाई विक्रम मोक्तान र चक्र महर्जनले खिचेका हुन् । आसमानसँगै विना घलानको लगानी गीतमा रहेको छ । कार्यक्रममा आदिवासी जनजाति चलचित्र महासंघका अध्यक्ष अमृत सुनुवार, चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामा, नृत्य निर्देशक संघका पूर्व अध्यक्ष दिनेश पाख्रिन, नायिका चाँदनी मोक्तानलगायतको उपस्थिती रहेको थियो ।

मंगोलियन हर्ट राजु लामाले धेरै समयको अन्तरालमा तिम्रो साथ विना बजारमा ल्याएका हुन् । दोलखाको पर्यटकीय संभावनालाई ध्यानमा राखेर कालिञ्चोकमै छायांकन गरेको निर्माण पक्षले जानकारी दिएका छन् ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu