पहिलो पटक म्यूजिक भिडियोमा जितु (भिडियो)



हास्यकलाकार राजा राजेन्द्र पोखरेलको आवाजमा रहेको ‘पिरतीको चश्मा’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतको भिडियोमा हास्य कलाकार जितु नेपालले अभिनय गरेका छन् । उनले पहिलो पटक म्यूजिक भिडियो गरेका हुन् । उनीसँगै भिडियोमा टिकटकमा भाइरल जुम्ल्याहा दिदीबहिनी समारिका र स्मारिका ढकाल पनि फिचर छन् ।

आफूले अहिलेसम्म म्यूजिक भिडियोमा अभिनय नगरेको भएता पनि पहिलो पटक नाच्दा रमाइलो अनुभव भएको जितु बताए । राजुबाबु श्रेष्ठको शब्द तथा राजनराज शिवाकोटीको संगीत तथा राजन इशानको संगित संयोजन रहेको गीतमा राजा राजेन्द्र पोखरेलको स्वर रहेको छ ।

माइकल चन्दको निर्देशनमा बनेको गीतको भिडियोलाई सम्पादन विकास दहालले गरेका हुन् भने ज्ञानेन्द्र शर्माले खिचेका हुन् । गीतमा जीतु नेपाल, समारिका,स्मारिका ढकालका साथमा प्रथम खड्का, सुमन कार्की, प्रभात लामा लगायतकाको अभिनय रहेको छ ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu