अर्थ लिएर आए निर्जन



काठमाडौं। विश्व संगीतमा अलिक उदार ‘जनरा’ मानिने र्‍याप शैलीप्रति नेपाली युवाको आकर्षण दिनप्रतिदिन बढ्दै गइरहेको छ। देशभित्रबाट मात्र होइन अध्ययन र रोजगारीको सिलसिलामा विदेशमा रहेका युवाले पनि र्याप गीत लेख्न, कम्पोज गर्न र गाउन थालेका छन्। वितेका केही वर्षदेखि अष्ट्रेलियामा रहेका निर्जन रिजाल र उनको समूहका सदस्यले हालै मात्र ‘अर्थ’ शीर्षकमा नयाँ भिडियो सार्वजनिक गरे जसमा तन्नेरीहरुका लागि जीवन–वोधको आग्रह गरिएको छ।

‘हामीले यसअघि छोटा फिल्म बनाइरहेका थियौं, केही स्टेज प्रस्तुतीहरु दिँदै आइरहेका थियौं, तर यसपटक युवा पुस्ताले मन पराउन थालेको आधुनिक संगीतको एउटा विधा रोज्यौं’, गीतका स्रजक तथा गायकमध्येका एक रिजालले भने, ‘कतिपय र्याप गीतहरु हेर्नेखालका बनाइएका हुन्छन् तर हामीले यसलाई सुन्ने र अनुभूत गर्ने प्रकारको बनाउने प्रयत्न गरेका छौं।’

सेरप म्युजिक प्रोडक्सनका नाममा बाहिर ल्याइएको ‘अर्थ’मा निर्जनलाई सन्तोष अधिकारीले आवाजमा साथ दिएका छन्। र्यापमा संगीत संरचनाभन्दा बढि शाब्दिक प्रहारलाई केन्द्रमा राखिएको हुन्छ। आक्रोशको अभिव्यक्ति यो संगीतको मूल चरित्र मानिन्छ। तर निर्जन आफैले निर्देशन गरेको र निशाल सिलवालको अभिनय रहेको यो गीतमा भने युवाहरुले बाँचिरहेको समय र सोचलाई हस्तक्षेप गर्न खोजिएको छ।

समकालमा युवाहरुका कृत्रिम चाहना, ढोंग र अर्थहीन सपनाहरुले उनीहरुको जीवन अस्तित्वपूर्णभन्दा खोक्रो रहेको आशय गीतमा अभिव्यक्त छ। त्यसैले आफ्नो जीवनको साँचो अर्थ के हो र कस्तो हुन्छ भन्ने खोज्न आग्रह गीतले गरेको छ। कतिपय खुशी वाहिरभन्दा अन्तर्यमा हुने तर्क शब्द र यसको भावको छ। बाँचेको जीवनको तात्पर्य खोज्न युवाहरुलाई झकझक्याउन सकियोस् भनेर र यो थीममा गीत बनाइएको हो’, चितवन, टाँढी स्थायी वसोबास रहेका रिजालले भने, ‘बाँकी कुरा त दर्शक र स्रोताले बोध गर्ने कुरा हो।’

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu