हरिवंशको भाषण टिकटको लागि त होईन ?



haribansha-aacharyश्यामसुन्दर गिरी, काठमाण्डौ। बरिष्ठ हाँस्य कलाकार हरिवंश आचार्यको आफ्नै जीवनीमा उनले नै तयार गरेको पुस्तक ‘चिना हराएको मान्छे’ सर्वाधिक बिक्री भएको पुस्तकको लिस्टमा पर्छ । यही सफलतासँगै आचार्य अहिले अंग्रेजीमा अनुवाद गरेर यही पुस्तकलाई प्रकाशन गर्ने तयारीमा पनि रहेका छन् । नेपालको कलाकारितामा उनलाई सम्मानको दृष्टिकोणले हेर्ने जमात ठूलो रहेको छ ।

यही सन्दर्भमा उनी सुन्दर नगरी पोखरा पुगे र त्यहाँ आयोजित एक औपचारिक कार्यक्रममा उनले कलाकारिता र पुस्तकका बिषयमा भन्दा पनि बढी समय राजनैतीक भाषणमा नै खर्च गरे । उनले आफ्नो पुस्तकको प्रचारको लागि र हस्ताक्षर कार्यक्रममा सहभागी हुने भनेता पनि मन्तव्य दिने क्रममा राजनीतिक अभिव्यक्ति दिएका हुन् । मंगलवार पोखरामा भने- ’नेपाल अहिले अस्थिरताको कारणले निकै समस्यामा परेको छ, यसको निकास दिनका लागि संविधान सभाको निर्वाचनमा सवैले भाग लिनुपर्छ ।’

चुनावले मात्र नेपाली जनताको आर्थिक सम्मृद्धिको खाका तयार पार्न सक्ने संभावना रहेको उनको भनाई थियो । पछिल्ला समयमा उनले राजनीतिक दलका नेताहरुलाई समेत चाँडो राजनीतिक निकास दिनका लागि अनुरोध गर्दै आफ्नो धारणा राख्दै आएको पनि वताए ।

आगामी मङ्सिर चारमा हुने भनिएको दोस्रो संविधानसभाको चुनावी रौनक राजनैतीक दलका नेता तथा कार्यकर्तालाई मात्र लागेको छैन यती बेला केही हदसम्म चलचित्र उद्योग र कलाकारितामा पनि लागेको छ । पछिल्लो घटनाक्रम अनुसार यही चुनावका लागि टिकट लिनका लागि भुवन के.सी., राजेश हमाल, रोज राणा, रेखा थापा लगायतको कलाकारहरुले लविङ् गर्दै गर्दा हाँस्य कलाकार हरिवंश आचार्यको यस किसिमको अभिव्यक्तिले आफु पनि टिकटको आसमा रहेको भन्ने सङ्केत गरेका त होईनन् ?

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu