आशिषले ल्याए ‘ए मुना’ (भिडियो)



‘पिरिम नलाउने, एक कान दुई कान मैदान, गलबन्दी पछ्यैरी’ जस्ता सफल गीतका गायक आशिष सचिनको नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘ए मुना’ बोलको गीतमा आशिषसँगै प्रविशा अधिकारीको पनि स्वर सुन्न सकिन्छ ।

स्याड भर्जनमा तयार भएको यस गीतमा सन्तोष सुनारको शब्द तथा संगीतमा रहेको छ । गीतको भिडियोमा गायक आशिष सचिन र सम्पदा बानियाको अभिनय देख्न सकिन्छ । भिडियोमा प्रेम र विछोडको पीडालाई देखाइएको छ । मनोज बस्नेतको कन्सेप्ट तथा निर्देशनमा बनेको भिडियोलाई अर्जुन तिवारीले खिचेका हुन् ।

भिडियो सम्पादन तथा कलरिङ सुप्रिम पराजुलीले गरेका छन् । गायक सचिन यस गीतबाट निकै आशावादी देखिन्छन् । आफूले गरिरहेको भन्दा केही फरक शैलीमा यस गीत तयार भएको आशिषले बताए । उनी भन्छन्, ‘मेरो यसअघिका गीतभन्दा यो गीत निकै भिन्न छ । मैले पहिलो पटक स्याड गीत गाउने प्रयास गरेको छु । आशा छ, मलाई यस गीतमा पनि पहिलाको जस्तै माया गर्नुहुनेछ ।’

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu