रचना र निशानको पारै मिलेन (भिडियो)



गायिका रचना रिमाल र गायक निशान भट्टराईको स्वरमा रहेको नयाँ गीतको भिडियो रिलिज भएको छ। ‘पारै मिलेन’ बोलको डान्सिङ प्याटर्नको गीतमा डीपी खनालको शब्द र शंकर थापा स्माइलको संगीत छ।

गीतको भिडियोलाई विधान कार्कीले निर्देशन गरेका हुन् । ‘पारै मिलेन’ गीतको अडियोसँगै भिडियो पनि आकर्षक बनेको छ । भिडियोमा अभिनेता पल शाह, एलिश राई र दीपा–दमान्ता श्रेष्ठको नृत्य देख्न सकिन्छ ।

भिडियोका कोरियोग्राफर सुरेन्द्र बसेल हुन् । उत्सव दाहालले खिचेको भिडियोको सम्पादन विकास दाहालले गरेका छन् । भिडियोका क्रियटिभ प्रमुख रायन रेज हुन् । यो भिडियो नेप्सिने कम्पनीको सहकार्यमा दामी टीभीले निर्माण गरेको हो ।

भिडियोः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu