लोक गायक रत्न बानियाँको निधन



लोकदोहोरी गायक रत्न बानियाँको ५८ वर्षको उमेरमा निधन भएको छ । उनको बुधबार बिहान ओम अस्पतालमा निधन भएको हो । बानियाँले केही वर्षयता मिर्गौलाले काम गर्न छाडेपछि डायलासिस गराउँदै आएका थिए । उनी सुगर, प्रेसरको समेत बिरामी थिए ।

स्वास्थ्यमा असहज भएपछि मंगलबार अस्पताल लगिएकोमा बुधबार बिहान ३ः३० बजे उनको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । स्याङ्जा जिल्लाको फेदीखोलामा जन्मिएका गायक बानियाँ तीन दशकभन्दा लामो समयदेखि लोकदोहोरी क्षेत्रमा सक्रिय थिए । उनले सयौं गीतमा स्वर दिएका छन् । ‘लडाइको लाहुरे’ उनको चर्चित एल्बम हो ।

उनका ‘जिन्दगी के छ र’, ‘मनको वेदना’, ‘पोखरा फेवाताल’ लगायतका अन्य थुप्रै लोकगीत चर्चित छन् । रोइला, सालैजो तथा भजन संग्रह समेत ल्याएका बानियाँ झरना संगीत रेकर्डिङ स्टुडियोका संचालक समेत हुन् । उनका श्रीमती, दुई छोरा र एक छोरी छन् । उनको बुधबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदैछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu