पूर्वी नेपालमा छ वटा म्यूजिक भिडियो एकैसाथ प्रिमियर



saman-video
[dropcap]रे[/dropcap]स्क्यू क्रिएशन नेपाल द्वारा तयार पारिएका छ वटा म्यूजिक भिडियो प्रिमियर साथै दुई सांगीतिक एल्बमको एकसाथ विमोचन गरिएको छ। नेपालको पूर्वी जिल्ला झापाको दमकमा आयोजित एक कार्यक्रममा पूर्वी नेपालका कोशी ब्यारेज, श्रीपुर, हरिपुर, इटहरी, धरान, बुढासुब्बा, पिण्डेश्वरी, भेडेटार, बेतना सिमसार, तोपगाछी नर्सरी, सतासीधाम, माइखोला, गैडे लगाएतका स्थानमा छायांकन गरिएका भिडियोहरुको प्रिमियर गरिएको हो। यि सवै भिडियोलाई समन अधिकारीले निर्देशन गरेका छन्।

सोहि कार्यक्रममा गीतकार हेमन्त परदेशीको एल्बम ‘आधा बाटो-२’ र गायिका सुमि चाम्लिङ राईको एल्बम ‘जबसम्म’को विमोचन गरिएको हो। सो कार्यक्रममा राजधानीबाट गायक भरत सिटौला साथै स्थानिय गायक अमिर राई र साजन राई सांगीतिक प्रस्तुती दिएका थिए। साथै स्थानिय सतार जातीको झाँकी पनि प्रस्तुत गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu