गायिका मेलिना राईको स्वरमा रहेको ‘धड्किरहन्छ मुटुभरी’ बोलको गीतसंगै भिडियो सार्वजनिक भएको छ । गीतमा साहित्यकार एवं नेपाल सरकारका पूर्व सचिव दिपेन्द्रनाथ शर्माको शब्द, कन्काइष्ट राईको संगीत र देबेश राईको एरेन्ज रहेको छ ।गीतको भिडियोमा नायिका वर्षा राउत र मोडल कुङसाङ बम्जनको अभिनय रहेको छ ।

भिडियो छांयाकनमा बुद्व थापा, सम्पादनमा बिकास धमला र निर्देशन निकेश खड्काले गरेका हुन । भिडियोमा जातिय माया प्रेम दर्शाइएको छ । एउटा दलित केटाले खान्दानी केटीलाई विवाह गरेर भगाएर लगेको देख्न सकिन्छ ।
एकअर्काले आफ्नो माया पाउन संघर्ष गरेर आफ्नो छुटै संसार बनाएको कथालाई गीतको भिडियोले समेटेको छ । नेपाली समाजमा अन्तरजातिय प्रेम सम्बन्ध र विवाहलाई स्वीकार्न नसकिरहेको बेला गीत मार्फत जातिय विभेदलाई अन्त्य गर्न सकिन्छ भन्ने सन्देश दिन खोजिएको छ ।
भिडियो :-




