तीजमा थाकेकी मनिषा आराम तिर लागिन्



manisha-pokhrel-teejश्यामसुन्दर गिरी, काठमाण्डौ। हिन्दूनारीको महान पर्व हरीतालिका तिजको अवसर पारेर देश विदेशमा धेरै कार्यक्रम आयोजना भए । बर्ष दिनमा आउने तिजमा यसपाली भने प्रशासनले केही हदसम्म कडाइ पनि गर्यो ।

तडक-भडक र बिसंगतीलाई अन्त्य गर्ने सन्दर्भमा यो कार्यलाई सकरात्मक रुपमा लिनु पर्ने हो तथापी नारीहरुले प्रशासनको यो निर्णय प्रती आपती जनाए । तर पनि गत बर्षमा झै यसपटक तिजका कार्यक्रम कमै मात्र आयोजना भए र केहि कार्यक्रम गरेर भए पनि दिदिबहिनीहरुले अहिलेको तिजलाई बिदा गरे ।

तिजकै उत्सवमा राजधानी लगायत देशका मुख्य शहरमा ठुला-ठुला कार्यक्रम आयोजना भए । यसै क्रममा पूर्वाञ्चलको सुन्दर नगरि धरानको सभागृहमा स्थानिय मकालु टेलिभिजनले तिज बिशेष कार्यक्रम सम्पन्न गर्यो् । उक्त तिज बिशेष कार्यक्रमा गायक मनिषा पोख्रेल र नवोदित गायक नवराज बस्नेतले जोड्दार प्रस्तुती दिए । यि दुईको प्रस्तुतीले धरानबासीको मन जित्न सफल पनि भयो ।

गायिका पोख्रेलले सो कार्यक्रम नेपाली चलचित्र हमेसाको टाइटल गीत ‘हमेसा हमेसा’ बाट सुरु गरेकी थिइन् । जुन गीत अहिलेको समयमा लोकप्रिय बनेको छ । ‘हमेसा-हमेसा’ बाट उफ्रेका दर्शकले उनले गाएको ‘हात्ती घोडा होईन माया चाहियो’ बोलको गीतमा पनि उत्तिकै दर्शकको ताली र हुटिङ पाए ।

त्यती मात्र होईन प्राय चलचित्रको गीत गाउँने गरिकी मनिषाले तिजको बेलामा तिजको गीत त गाउँनै पर्यो भन्दै त्यसलगत्तै ‘तिजको रहर आयो बरिलै’ पनि गाईन । छोटो समयमा लोकप्रिय बनिकी गायिका मनिषा पोख्रेल दर्शक रिजाउन र स्टेज तताउन माहिर छिन ।

उपस्थित दर्शकको मन सहज तरिकाले जित्न सफल गायिका उनले दर्शकको रोजाइमा नै ‘टिकुली है मेरो टल…टल..टल्कनलाई’, ‘मोहनी लाग्ला है’ लगायत दर्जन जती गीत संगीतले धरान बासीलाई उफारिन । तिजको कार्यक्रम पछी अहिले मनिषा निकै फुर्सदिली भएकी छिन यसो त कार्यक्रम सकेपछी त आरम पनि गर्नै पर्योज । जे होस् यसपालीको तिज मनिषालाई राम्रो सँग लागेको बुझ्न सकिन्छ ।

[tabs tab1=”चितवनमा महिमाको तीज”]

[tab]mahima-silwal-chitwanचितवनमा चितवन दर्पण पत्रिकाले आयोजना गरेको खुल्ला तिज गीत प्रतियोगितामा नायिका महिमा सिलवाल बिशिस्ठ अतिथी बनिन् र उनले निर्णायक मण्डलमा रहेर मुल्यांकन पनि गरिन् । विगतका तिजहरुमा परिवार सँग मनाउने गरिकी महिमाले यसपटकको तिजमा भने नौलो अनुभब रहेको र रमाइलो भएको ठुलोपर्दा डटकमसँग बताएकी छिन् । प्रायजसो आईटम डान्समा रम्ने नायिका यसपाली भने लोकगायक प्रजापती पराजुली, दशरथ सापकोटा, लोकगायिका सिता कंडेलका गीतमा कम्मर मर्काइ मर्काइ नाचिन । ‘व्रत बसेको भए पनि आफ्ना शुभचिन्तक र कलाकारको आग्रहमा मज्जैले नाचियो’ उनले भनिन् ।[/tab]

[/tabs]

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu