लोफर नायिका रजनी केसीलाई पितृशोक



ठुलोपर्दा डटकम, काठमाण्डौ। मंसिर २१ गतेबाट प्रदर्शनमा आउने छबि ओझा निर्मित नेपाली चलचित्र ‘लोफर’बाट नेपाली रजतपटमा डेब्यु गरेकी नायिका रजनी केसीलाई पितृशोक परेको छ । नायिका रजनिका पिता चन्द्रबहादुर केसीको बिहिबार बिहान निधन भएको हो ।

नुवाकोट घर भई हाल राजधानीको भैंसेपाटीमा बस्दै आउनु भएका रजनीका पिता चन्द्र केसी बिहान ओछ्यानमै मृत अवस्थामा भेटिनु भएको थियो । बुधबार साँझ सम्म स्वास्थ्यमा कुनै समस्या नदेखिएको भए पनि उहाँको रहस्मय तरिकाले निधन भएको हो । रजनी पिता चन्द्रबहादुर ५४ बर्षको हुनुहुन्थ्यो । नायिका रजनी चन्द्रबहादुरकी एक मात्र सन्तान हुन् ।

कुनै समय निर्माता छविराज र नायिका रेखा थापा बीच सम्बन्ध चिसिदै गर्दा तत्कालिन अवस्थामा निर्माता छविले रजनीलाई आफ्नो नयाँ चलचित्रमा नायिकाको रुपमा अभिनय गराएका थिए । अभिनेत्री केसी र उनको शोक सन्तप्त परिवारलाई धैर्य धारणको कामना गर्दै ठुलोपर्दा डटकमको तर्फबाट हार्दिक समवेदना स्वं  चन्द्रबहादुर केसीको आत्माको चिर शान्तिको कामना गर्दछौँ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu