कटरीनासँग जोडी बाँध्दै विजय



साउथ सुपरस्टार विजय देवरकोन्डा अब बलिउड यात्रा सुरु गर्ने तयारीमा छन् । चलचित्र ‘लाइगर’ बाट बलिउडमा उनले डेब्यू गर्दैछन् । यसमा उनले बलिउड अभिनेत्री अनन्या पान्डेसँग रोमान्स गरेका छन् । अब उनी कटरीना कैफसँग पनि रोमान्स गर्दै देखिने भएका छन् ।

हलिउड हंगामाको रिपोर्ट अनुसार, विजयले हालै दुई नयाँ चलचित्र साइन गरेका छन् । जसमध्ये एउटा चलचित्रमा उनको जोडी कटरीनासँग बाँधिनेछ । जसलाई ठूलो क्यानभासमा निर्माण गरिने बताइएको छ । विजयले निर्देशक कोर्तला शिवाको निर्देशनमा बन्न लागेको चलचित्र साइन गरेका हुन् ।

कटरीनाले विजयसँगै अर्का साउथ स्टारसँग पनि स्क्रिन शेयर गर्दैछिन् । चलचित्र ‘मेरी क्रिसमस’ मा उनले अभिनेता विजय सेतुपतिसँग रोमान्स गर्न लागेको जानकारी प्राप्त छ । उनले यसअघि ‘बूम’, ‘मल्लिस्वरी’, ‘अल्लारी पिद्दुगु’ लगायतका तेलुगू चलचित्रमा काम गरिसकेकी छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu