फ्राईडे रिलिज: राजनीतिक कथा भर्सेज सामाजिक कहानी



raajneeti-vs-dhuwaniबैकुण्ठ पराजुली, काठमाण्डौ। पछिल्लो समय चलचित्र बजारमा खडेरी लगिरहँदा दुइ हप्ता पहिले प्रदर्शनमा आएको नेपाली चलचित्र होस्टेलले केहि माथि उकासेको छ । यो क्रम चलिरहँदा पछिल्लो समय केहि सम्भावना देखिएका भनिएका दुइ नेपाली चलचित्र भोलि शुक्रबार देखी प्रदर्शनमा आउदै छन् । ति चलचित्र हुन् पिताम्बर पाण्डे निर्देशित ‘ढुवानी’ र बसन्त निरौला निर्देशित चलचित्र ‘राजनीति’ ।

यी दुइ चलचित्रलाई सामाजिक र राजनीतिक कथा बिचको भिडन्तको रुपमा लिइएको छ। त्यसो त ढुवानी पूर्णत: सामाजिक पृष्ठ भूमिमा आधारित चलचित्र हो भने राजनीति पूर्णत: राजनीतिक बिषयबस्तुमा आधारित चलचित्र हो । कविता श्रेष्ठ निर्मित चलचित्र ढुवानीमा किशोर खतिवडा, प्रविण खतिवडा, अनुजा गायक, धिरेन्द्र राज थापा, सगुन शाही लगायतक कलाकार हरुको अभिनय रहेको छ । देशको वर्तमान राजनीतिक अवस्थालाई मुख्य विषय बनाइ निर्माण गरिएको अर्को नेपाली नेपाली चलचित्र राजनीतिलाई दिपक सुवेदीले निर्माण गरेका हुन् यो चलचित्रमा राजेश हमाल कोमल ओली दिपक सुवेदी, पवित्रा आचार्य, रमेश बुढाथोकी लगायतले अभिनय गरेका छन् ।

पछिल्लो समय अस्तव्यस्त बनेको नेपाली राजनीति जनता आजित भैरहँदा प्रदर्शनमा आएको यो राजनीतिक कथा समेटेको चलचित्रलाई जनताले मन पराउँछन् कि सामाजिक कथा बोकेको ढुवानीलाई रोज्छन या दुवै ब्ल्कबस्टर हुन्छन्, त्यो भने चलचित्र पर्दामा आइसकेपछि नै थाहा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu