रामजीको निर्देशनमा ‘सरकार चाहियो’ (भिडियो)



समसामयिक नेपालको परिस्थितीअनुसार लेखिएको देशभक्ति गीत ‘सरकार चाहियो’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । यो भिडियोलाई संचारकर्मी तथा निर्देशक रामजी ज्ञवालीले निर्देशन गरेका हुन् । ज्ञवालीले यसअघि ‘डार्क मुन, एक लभर, लक डाउन’ लगायतका सर्ट फिल्मको निर्देशन गरिसकेका छन् ।

गीतमा संगीतकार तथा गायक शिशिर योगीको शब्द संगीत समेटिएको छ भने सतिष चापागाईँले यो गीतको शव्द लेखेका हुन् । गीतको संगीत संयोजन बीबी अनुरागीले र मिक्सिन माष्टरिंग श्याम श्वेत रसालीले गरेका हुन् भने प्रिज्मा रेकर्डिङमा गीत रेकर्ड भएको हो ।

मिलन श्रेष्ठले सम्पादन गरेको म्युजिक भिडियोमा बरिष्ठ कलाकारहरु सुरवीर पण्डित र रश्मी भट्टराईसँगै कलाकार जिवि चिरन लगायतको अभिनय देख्न सकिन्छ । संकल्प भुजेल र अशोक थापाले खिचेको भिडियोलाई राम्रो इन्टरटेनमेन्टले निर्माण गरेको हो ।

काभ्या थापाको मेकअप, नेप्लिज डायस्पोराको लगानीमा निर्माण भएको गीतको भिडियोमा राजेन्द्र मोक्तानको कलर ग्रेडिङ रहेको छ । गीतले लामो समयदेखिको नेपालको अवस्थालाई चित्रण गरेको छ । भिडियो औषतमा राम्रो बनेको छ ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu