‘आगो-२’ लाई वैद्य माओवादीको बन्दले सघायो



aago-vs-bandaठुलोपर्दा डटकम, काठमाण्डौ। बिहिबार देखि छायांकनमा गएको नेपाली चलचित्र ‘आगो-२’ को छायांकनमा मोहन वैद्य नेतृत्वको नेकपा-माओवादीको उपत्यका बन्दले सघाएको छ । चलचित्र भित्र समेट्नु पर्ने ‘नेपाल बन्द’ लगायतका दृश्यहरुको लागी तयारी गरिरहेको यो चलचित्रको निर्माण युनिटलाई बिहिवार नै अनुकुल समय जुटेपछि प्रत्यक्ष रुपमा वैद्य माओवादीको बन्दको सहयोग मिलेको हो ।

चलचित्र ‘आगो-२’ का लेखक शिवम अधिकारीले बिहिवारको उपत्यका बन्दले आफ्नो चलचित्रको छायांकनको लागी सहयोग मिलेको बताए । ‘हाम्रो फिल्ममा धेरै नेपाल बन्दका दृश्यहरु थिए, उक्त दृश्यको लागि हामी आँफै नेपाल बन्दको दृश्य तयारीमा थियौँ । तर सौभाग्य माओवादी लगायत ३३ दलले नेपाल बन्द गरिदिएर हामी लाइ सजिलो बनाइ दिए’ शिवमले ठुलोपर्दासँग ठट्यौली पारामा बताए ‘बन्दको लागि नेपाल बन्द आयोजक लाइ धेरै-धेरै धन्यवाद’ ।

तपाईँ बन्दको पक्षमा त होईन नि भन्ने ठुलोपर्दाको प्रश्नमा शिवमले आफुहरु बन्दको पक्षमा भने पटक्कै नरहेको बताए । उनि भन्छन्, ‘संयोगले बन्द परेको हुँदा हामीलाई सजिलो भएको मात्र हो, सर्वसाधारणले दु:ख पाउने गरि कुनै पनि आन्दोलन हुनु हुँदैन’ ।

मदन घिमिरेले निर्देशन गरिरहेको ‘आगो-२’मा शुसिल क्षेत्री, प्रिया रिजाल, गणेश गिरी, सारिका घिमिरे लगाएतले अभिनय गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu