रजनीकान्तले अब राजनीति नगर्ने



साउथ सुपरस्टार रजनीकान्तले अब राजनीति नगर्ने भएका छन् । उनले सोमवार आफ्नो पार्टी ‘रजनी मक्कल मंद्रम’ लाई विगठन गर्दै राजनीतिबाट टाढा बस्ने निर्णय लिएका हुन् । उनले पार्टीका पदाधिकारीहरुलाई आफू भविष्यमा राजनीतिमा नफर्किने बताएको भारतीय मिडियाले उल्लेख गरेका छन् । उनले पार्टीका सबै पदाधिकारीहरुसँग छलफलपछि पार्टी विगठन गरेका हुन् ।

अब रजनीकान्तले नयाँ संगठन ‘रजनी फ्यान क्लब एसोसिएशन’ को नामबाट समाजसेवा गर्नेछन् । गत २९ डिसेम्बरमा उनले आफ्नो खराब स्वास्थ्यका कारण चुनावी राजनीतिबाट टाढा रहने घोषणा गरेका थिए । उनले तमिलमा एक चिट्ठी लेख्दै चुनावमा नउठेरै पनि जनताको सेवा गर्ने बताएका थिए । २०२१ को विधानसभा चुनाव लड्ने गरी उनले राजनीतिक पार्टी दर्ता गरेका थिए ।

रजनीकान्त २५ डिसेम्बरमा ब्लड प्रेशरमा उतार-चढाव र थकान महशुस भएपछि हैदराबादको अपोलो अस्पताल भर्ना भएका थिए । दुई दिनपछि उनी घर फर्किए । विधानसभा चुनावमा लड्न ३ डिसेम्बरमा नयाँ पार्टी घोषणा गर्ने उनको तयारी थियो । तर, अब उनले आफ्नो राजनीतिक पार्टी नै विगठन गरेका छन् । रजनीकान्त केही दिनअघि मात्र अमेरिकामा उपचार गरेर फर्किएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu