विधानको ‘धर्ती आकाश’ नंबर १ ट्रेण्डिंगमा (भिडियो)



जिवन पराजुली।
निर्देशक विधान कार्कीले निर्देशन गरेको नयाँ म्यूजिक भिडियो ‘धर्ती आकाश’ रिलीजको दुई दिन नपुग्दै यूट्युब नेपाल ट्रेण्डिंगको नंबर एक स्थानमा आएको छ । यो समाचार तयार पार्दा सम्म यो गीतलाई आठ लाख एकासी हजार एक सय एकासी पटक हेरिएको छ । नेपालको सन्दर्भमा गीत-संगीतको सार्वजनिक प्रदर्शनी डिजिटल रिलीजको माध्यमबाट यूट्युबमा गर्ने चलन रहेको छ । यूट्युब ट्रेण्डिंगको पहिलो नंबरमा आउनुलाई सफल मान्ने गरिएको छ ।

‘मैले गीत अनुसारको भिडियो बनाउने कोशिस गरेको हुँ । भिडियो रिलीजपछि यूट्युबमा दर्शकहरुको उल्लेखनिय सकारात्मक प्रतिक्रियाले समग्र गीत र भिडियो सफल भएको महशुस गरेको छु’, निर्देशक कार्कीले भने, ‘संगीतकार अर्जुन पोखरेलजीसँग मेरो लामो सहकार्य छ र त्यहि क्रममा यो गीत निर्देशन गर्ने अवसर पाएँ । उहाँसँगको सहकार्यमा ‘नबोली नबोली’, ‘काले केटा २’, ‘केटो अलि कमाउने होस्’, ‘मैले बोलेको छैन ढाँटेर’, ‘आँखामा बसाउ मलाई’, ‘मेरो देश नेपाल’ लगायतका म्यूजिक भिडियोहरु मेरो निर्देशनमा व्यावसायिक सफल ठहरिएका छन् । यो म्यूजिक भिडियोले पनि अपेक्षा पुरा गरेको छ’ ।

अर्जुन पोखरेलको शब्द संगीतमा रहेको यो गीतमा दुर्गा खरेल र रोशन अधिकारीको स्वर रहेको छ । यसअघि पोखरेलको संगीत तथा खरेलको स्वर रहेको विधान निर्देशित म्यूजिक भिडियो ‘काले केटा २’ पनि यूट्युब ट्रेण्डिंगको नंबर १ सम्म पुगेको थियो । विधान भन्छन्, ‘अर्जुनजी चलचित्र र नेपाली सुगम संगीतमा अब्बल संगीत श्रृजना गर्ने संगीतकार भएकोले उहाँका गीतहरुमा भिडियो निर्देशन गर्दा अलिक श्रृजनात्मक चुनौती सामना गर्नुपर्ने हुन्छ । उहाँका पुराना रेकर्डहरुको ख्याल गर्दै नयाँ म्यूजिक भिडियो निर्देशन गर्दा एक प्रकारको प्रेसर महशुस हुन्छ ।’

निर्देशक विधान कार्की

यो गीतको भिडियो पश्चिम नेपालको मुस्तांग, धम्पुस, पोखरा तथा राजधानी काठमाण्डौ लगायतका स्थानहरुमा छायांकन गरिएको छ । यो ‘बिग बजेट’ म्यूजिक भिडियो हो । यो गीतको भिडियो खिचिएको स्थान धम्पुसमा हलीउड चलचित्र ‘हाईवे टु धम्पुस’ छायांकन गरिएको थियो । भिडियोमा कलाकारहरु पुजा शर्मा र आकाश श्रेष्ठले उत्कृष्ट अभिनय गरेका छन् । यसको श्रेय निर्देशक कार्कीलाई जान्छ । अभिनेत्री शर्मा नेपालकै महंगी नायिकामा पर्छिन् भने अभिनेता आकाश श्रेष्ठ पनि महंगा कलाकार हुन् । चलचित्रमा हुने पटकथा अनुरुप भिडियोमा प्रस्तुत गरिएको हुँदा यो गीतलाई बढि रुचाईएको छ । कलाकारहरु पुजा र आकाशको जोडी नेपाली चलचित्र र म्यूजिक भिडियोमा समेत अत्यन्तै रुचाईएको जोडी हो ।

यो भिडियोका छायाँकार उत्सव दाहाल हुन् भने सम्पादक विकाश दाहाल हुन् । संगीतकार अर्जुन पोखरेलको कम्पनी डिभाईन म्यूजिकले प्रस्तुत गरेको यस गीतमा अर्जुनकै शब्द रचना रहेको छ । गीतमा दुर्गा र रोशनको स्वर कर्णप्रिय छ । गायक अधिकारी संयुक्त राज्य अमेरिकामा स्थायी बसोवास गर्दै आएका छन् ।

भिडियोः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu