राजेश पायल राईको स्वरमा ‘फर्कन छोरा’ सार्वजनिक (भिडियो)



गायक राजेश पायल राईको स्वरमा रहेको ‘फर्कन छोरा’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । गीतमा केशव शर्मा दाहालको शब्द रचना तथा संगीत रचन्दु गोर्खालीको संगीत संयोजन रहेको छ ।

सार्वजनिक भिडियोमा विविध कारणले विदेशिएका युवाहरुको घरमा एक्लिएका बाबु-आमाको निरश जीवन र पीडाको कथा चित्रण गरिएको छ । प्रविण खतिवडा निर्देशित भिडियोमा कमलमणी नेपाल र सरिता गिरिले मुख्य भूमिकामा अभिनय गरेका छन् ।

केशव शर्मा दाहालकै प्रस्तुतिमा निर्माण भएको मार्मिक भिडियोमा ‘केशव एस. दाहाल अफिसियल’ युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ । भिडियोमा महेश पौडेलको छायांकन र कृष्ण भण्डारीको सम्पादन रहेको छ । भिडियोको छायांकन काभ्रेको रयाले, बनेपा, तिनपिप्ले लगायतका स्थानहरुमा गरिएको हो।

हाल अमेरिकामा बसोबास गरिरहेका केशव शर्मा दाहालले आफ्नै स्वरमा यसअघि ‘चौतारीमा बसौंन पियारी’, ‘वैशैमा लाको पिरती’ लगायतका गीतहरु सार्वजनिक गरिसकेका छन् । केहि दिनअघि मात्र भानु जयन्तिको अवसर पारेर उनको ‘भानु तिम्रो रामायणले’ बोलको भजन सार्वजनिक भएको थियो ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu