प्रविन राजथलाको ‘बिरे ठिटो’ सार्वजनिक (भिडियो)



प्रविन राजथलाको स्वरमा रहेको ‘बिरे ठिटो’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । गीत ‘एसआरसी फिल्मस्’ युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । गीतमा गायक राजथलाको स्वर, शब्द तथा संगीत रहेको छ ।

बादल लिम्बुले एरेन्ज गरेका उक्त भिडियोमा मोहन कुमार झिल्लुले छायांकन र अर्जुन खड्काले सम्पादन गरेका हुन् । गौरभ मल्लको निर्देशनमा तयार गरिएको भिडियोको कन्सेप्ट सत्यराज चौलागाईंको हो ।

मनोज दवाडी, गौरभ मल्ल, डेभिड महत्तो, सम्मान चौलागाईं, पुण्य गौतम लगायत अन्य कलाकारहरु फिचर्ड उक्त गीतको भिडियोमा सपनाहरु प्राप्तिको लागि एक युवाको जिन्दगीमा कोरिएका संघर्षका कथाहरुलाई बढो मार्मिक ढङ्गले प्रस्तुत गरिएको छ ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu