‘मै मरी जाउँ’ गीतमा चक्र र श्रेया (भिडियो)



‘दुनियाँ बेग्लै छ, पिच रोड’ लगायतका गीतका गायक समिर आचार्यको स्वरमा समावेश नयाँ गीत ‘मै मरी जाउँ’ सार्वजनिक भएको छ । वसन्त विवस आचार्यको शब्दमा समावेश यो गीतमा समिर आचार्यकै संगीत छ । यो गीतलाई समिरले केही फरक शैलीमा बनाउने कोशिश गरेका छन् ।

यो गीतको भिडियोमा गायक तथा मोडल चक्र बम र श्रेया सिटौलाको अभिनय छ । भिडियोमा शान थापाको निर्देशन, अर्जुन तिवारीको छायांकन, सुप्रिम पराजुलीको सम्पादन छ । गायक समिर आचार्यले यसपटक आफूले केही फरक स्वादमा गीत सार्वजनिक गरेकाले पनि दर्शक तथा श्रोताले मन पराउने विश्वास व्यक्त गरे ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu