आकाश अधिकारी बने ‘बा’ (भिडियो)



गायक राजेन्द्र बुढाथोकीको आवाजमा रहेको ‘भन्नुहुन्थ्यो ‘बा’ ले’ गीत सार्वजनिक भएको छ । लोकराज अधिकारीको शब्द तथा अर्जुन पोखरेलको संगीत रहेको गीत ‘कुशे औँशी’ अर्थात ‘बुवाको मुख हेर्ने दिन’ को अवसर पारेर सार्वजनिक गरिएको हो ।

गीतको भिडियोमा चलचित्र निर्देशक तथा अभिनेता आकाश अधिकारीसँगै संगम भण्डारी, जोल्सन अधिकारी, दियान गौतम, सुमन बैरागी पण्डित, ज्योती प्रकाश, दिप्त प्रकाश अधिकारी तथा मुना अधिकारी लगायतको अभिनय देख्न सकिन्छ । उत्सव दाहालले छायांकन गरेको गीतको भिडियोमा प्रकाश धितालले परिकल्पना तथा निर्देशन गरेका छन् ।

गीतबारे गायक बुढाथोकी भन्छन्, ‘यो धर्तिमा सबै थोक घरि-घरि मिल्न सक्छ । तर जन्म दिने आमा-बुबा कसैगरि पाइँदैन । हामीले ‘बा’ का अर्ति उपदेश र मार्ग दर्शनलाई जीवनमा थोरै मात्र लागू गर्न सके जीवन सार्थक हुन्छ । गीतको भाव नै यही हो ।’ गीतकार लोकराज अधिकारीले आफूले सयौँ गीत रचना गरेको भए पनि यो गीत रचना गर्दा आफू कयौं पटक भावुक बनेको बताए ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu