यम र प्रविशाको गीतमा जोर्डन र बेनिशा (भिडियो)



लोकप्रिय गायक यम बराल आफ्नो नयाँ गीतमार्फत दर्शक तथा श्रोतामाझ आएका छन् । गायक बरालद्वारा गायिका प्रविशा अधिकारीसँग युगल गायन गरिएको ‘अझ वर वर आउ’ शीर्षकको रोमान्टिक गीत ओएसआर डिजिटलको यूट्यूब च्यानलबाट सार्वजनिक भएको छ ।

उक्त गीतलाई गायक यम बरालले नै संगीतबद्ध गरेका हुन् भने शब्दहरु उज्वलराज भट्टराईले रचना गरेका हुन् । बलराम समाल उक्त गीतका संगीत संयोजक हुन् । विक्रम कार्कीले गीतलाई मिक्सिङ तथा मास्टरिङ गरेका छन् ।

सोनम पाख्रिनद्वारा निर्देशित उक्त गीतको म्युजिक भिडियोमा अभिनेत्री बेनिषा हमाल तथा मोडल जोडर्न राजभण्डारीले अभिनय गरेका छन् । नगरकोटको आकर्षक लोकेशनमा छायांकन गरिएको यो भिडियोमा अभिनेत्री हमाल र मोडेल राजभण्डारीको जोडी आकर्षक देखिएको छ ।

अभिनेत्री हमाल लामो समयपछि नयाँ म्युजिक भिडियोमा देखिएकी हुन् । सुरेन्द्र बसेलद्वारा कोरियोग्राफी गरिएको भिडियोलाई बुद्ध थापा तथा उनको टिमले छायांकन गरेको हो ।विकास दाहाल यसका सम्पादक हुन् । भूमिका देवान राईले यो भिडियो निर्माण गरेकी हुन् ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu