हाँसी हाँसी जलिरहेकी शिल्पा (भिडियो)



गायिका अरुणा लामाको सम्झनामा म्यूजिक भिडियो सार्वजनिक भएको छ । ‘हाँसी हाँसी जलिरहेको’ बोलको गीतको भिडियो स्वर्गीय अरुणा लामाको जन्मदिनको अवसर पारेर सार्वजनिक गरिएको हो । गीतमा कबिता श्रेष्ठको स्वर, नरेन्द्र राज प्रसाइको शब्द र कुन्दन राज सुब्बाको संगीत रहेको छ ।

गीतको भिडियोमा शिल्पा पोखरेल, आयुश क्षेत्री (प्रिन्सेस) को अभिनय देख्न सकिन्छ । नवराज उप्रेतीको छायांकन, किरण गिरीको सम्पादन, श्रीकृष्ण श्रेष्ठको मोसन ग्राफिक्स, यमु शर्माको कथा, आयुष क्षेत्रीको निर्देशन रहेको भिडियोमा शिल्पा पोख्रेलले डुबेर अभिनय गरेकी छन् । भिडियोमा घरेलु हिंसामा नारीको मौनताभित्र रहेको पीडालाई कलात्मक रुपमा प्रस्तुत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu