२० वर्षपछि ‘किन यसरी’ गीतको नयाँ भर्सन सार्वजनिक (भिडियो)



कलाकार सागर लम्साल ‘बले’ अभिनीत नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । झण्डै २० बर्ष अगाडि रेकर्ड गरिएको प्रमोद निर्वाणको ‘किन यसरी’ बोलको गीत नयाँ भर्सनमा रेकर्ड गरी भिडियो सार्वजनिक भएको हो । गीतको भिडियोमा सागरसँगै शिक्षा संग्रौला, कुशल विष्ट र सन्जिता पाण्डे सानुको अभिनय रहेको छ ।

पुराना गीतको रिमेकमा भिडियो निर्माण तथा अभिनय गर्नुको औचित्य प्रष्ट्याउदै सागर भन्छन्, ‘पुराना गीतले पुराना साथीभाईहरुको सम्झना दिलाउँछ । तिनै पुराना साथीहरुको सम्झनामा गीत फेरि रेकर्ड गराएर भिडियो बनाएको हो ।’

२० वर्षपछि गीतमा गायक प्रमोद निर्वाणले केही नयाँ स्वाद र महिला स्वर पनि समावेश गरिएको छ। गीतमा सरला बीसीले साथ दिएकी छिन् । गीतको भिडियोलाई दर्शकहरुले निकै रुचाएका छन् । बुद्ध थापाले खिचेको भिडियोलाई विकास धमलाले सम्पादन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu