तुला पर्वतको ‘तिम्ले माया मारेर’ गीत सार्वजनिक



गायक तथा संगीतकार तुला पर्वतले मकाउमा छायांकन गरेको भिडियो सार्वजनिक गरेका छन् । तुलाकै स्वर र संगीत रहेको ‘तिम्ले माया मारेर’ गीतको भिडियो सार्वजनिक भएको हो । गीतमा झकेन्द्र शर्माकोको शब्द रचना छ ।

मकाउका पर्यटकीय र रमाइला स्थलहरुमा छायाङ्कन गरिएको भिडियोले प्रेम, रोमान्स र विरहलाई नजिकबाट केलाएको छ । गायक पर्वतको आफ्नै निर्देशन रहेको गीतमा रमेश अधिकारी, श्रीराम पोखरेल र सुनिता अधिकारीको अभिनय छ । भिडियोमा पनि तुलाकै छायाङ्कन तथा सम्पादन छ ।

हाल अमेरिकामा बसोबास गर्दै आएका गीतकार शर्मा राम्रो सम्भावना बोकेका गीतकार हुन् । आफूलाई भन्दा बढी माया गरेको प्रेमिकालाई सारा कुरा सुम्पिँदा उसले दिएको विछोडको पीडा सहन बाध्य प्रेमीले भागेको विरहको गाथालाई गायक पर्वतले गज्जबसँग भिडियोमा देखाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu