महेन्द्र र गरिमाको लुकिछिपी प्रेम (भिडियो)



गायक विक्रम परियार र चर्चित लोकगायिका शान्तिश्री परियारको स्वरमा रहेको ‘कस्को अनुमति’ बोलको लोकदोहारी गीत सार्वजनिक भएको छ । डा. शिवा सुवेदीको शब्द र संगीत रहेको गीत प्रेमिल भावको छ । गीतका शब्दले प्रेममा रमाइरहेको जोडीको मन छुन सक्छ ।

लोकदोहोरीका चर्चित अनुहार महेन्द्र गौतम र मोडल गरिमा शर्माको अभिनय रहेको गीतको भिडियोमा विनोद भण्डारीको निर्देशन, करण चैसिरको छायांकन, प्रविण भट्टको सम्पादन छ । प्रेममा परिवार बाधक बनेपछि युगल जोडीबीच लुकिछिपी फस्टाएको प्रेमलाई भिडियोमा देखाउन खोजिएको छ ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu