‘हिमालबाट हिउँ पग्लि’ गीतमा आकाश र नीता (भिडियो)



गायक प्रमोद खरेल र गायिका मेलिना राईको स्वरमा रहेको ‘हिमालबाट हिउँ पग्लि’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । शुक्रवार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको गीतमा चिन्तामणी सापकोटाको शब्द र सुरेश अधिकारीको संगीत रहेको छ ।

चलचित्र निर्देशक तथा अभिनेता आकाश अधिकारी र अभिनेत्री नीता ढुंगाना फिचर गीतको भिडियोमा शिव श्रेष्ठ, धिरेन शाक्य, अर्जुइसा अधिकारी, रियाना अधिकारी, रिदम अधिकारी, नवराज घिमिरे, रोनित पौडेल, रुही पौडेलको पनि अभिनय छ । देशको पहिचान र संस्कृति बोकेको गीतको भिडियोमा पहाडेखि तराईका फाँटसम्म देखाइएको छ ।

भिडियोको कन्सेप्ट र निर्देशन आकाश अधिकारी स्वयंको हो । विष्णु कल्पितको छायांकन, भुपेन्द्र अधिकारीको सम्पादन, श्रीकृष्ण श्रेष्ठको भिएफएक्स रहेको भिडियोमार्फत् समाजमा जरा गाँडेर बसेको छुवाछुत प्रथा गलत हो भन्ने सन्देश पनि दिन खोजिएको छ । भिडियोमा आकाश अधिकारी र नीता ढुंगाना युगल जोडीको रुपमा प्रस्तुत छन् ।

यो गीत चिन्तामणी सिवाकोटीको गीतिसंग्रह ‘पत्थरको मुटु’ मा समावेश छ । शुक्रवार गीत सार्वजनिकसँगै यो गीति संग्रहको पनि विमोचन गरियो । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगा प्रसाद उप्रेती, गीतकार तथा पूर्व अर्थमन्त्री शंकर प्रसाद कोइराला (एसपी) लगायतले ‘पत्थरको मुटु’ गीति संग्रहको विमोचन गरेका हुन् । यो संग्रहमा ५२ वटा गीत समावेश छन्, जसमध्ये १६/१७ वटा गीतमाथि भिडियो निर्माण हुँदैछ ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu