सनुप पौडेलको ‘खुसी’ रिलिज (भिडियो)



चर्चित गायक सनुप पौडेलको स्वरमा रहेको ‘खुसी’ बोलको गीत सार्वजनिक भएको छ । दीपक जडितको शब्द रचना रहेको गीतमा गायक पौडेल स्वयंले संगीत भरेका छन् । बिहीवार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको गीतको भिडियोमा सुनिता दर्नाल र सुरज मल्लका साथै गायक पौडेलको पनि अभिनय छ ।

सनुप पौडेलको यूट्युब च्यानलबाट सार्वजनिक भएको गीतको भिडियो कलात्मक छ । पछिल्लो समय बनिरहेका भिडियोभन्दा फरक शैलीमा तयार गरिएको भिडियोलाई प्रनव केसीले निर्देशन गरेका हुन् । उनी निर्देशित यो पहिलो म्यूजिक भिडियो हो । उनले पहिलो प्रयासमै राम्रो सम्भावना देखाएका छन् ।

विवेक बजुको छायांकन, रोशन खत्रीको सम्पादन, प्रनव केसी, श्रृजन भट्टराई, सुनिता दर्नाल र सुरज मल्लको कोरियोग्राफी रहेको भिडियोमा सन्जिव रत्न शाक्यको कलर छ । अघिल्लो लकडाउनमा यो गीतको अडियो तयार भएको थियो भने दोस्रो लकडाउनमा भिडियो निर्माण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu