सुधिर र रेश्मालाई जवानीको याद (भिडियो)



काठमाडौं। डस म्युजिकको प्रस्तुतीमा रहेको रोमान्टिक गीत ‘पर्नु पिर पर्‍यो’को भिडियो सार्वजनिक भएको छ । डिपि खनालको शब्द, संगीत तथा स्वरमा रहेको यस गीतमा डिपिको साथमा रचना रिमालले स्वर दिएकी छन्

सुब्रत आचार्यले निर्देशन गरेको सार्वजनिक भिडियोमा मोडल सुधिर श्रेष्ठ र रेश्मा घिमिरेको अभिनय रहेको छ । भिडियोमा आफ्नो जमानाको कलेज लाईफको सम्झना गरिएको छ । बुढेसकालमा युवायुवतीको प्रेम देखेर आफ्नो पुरानो प्रेम कहानी सम्झना गरिएको छ । क्याम्स पढ्ने बेला युवा युवतीबीच हुने आकर्षण र त्यसको सार्थकता पुरा भिडियो हेरेपछि बुझिन्छ ।

भिडियोमा अभिनय गर्दै सुधिर श्रेष्ठ र रेश्मा घिमिरे

गीतकी निर्माता सदु थापा खनाल हुन् । दिपेन गौतम माईकल प्रडक्शन डिजाईनर रहेको भिडियोका सह-निर्देशक साईब्रत आचार्य हुन् भने क्रियटिभ निर्देशक जया शर्मा हुन् । उत्सव दाहालले छायांकन गरेको भिडियो बिजेश पौडेलले सम्पादन, कलर तथा भिएफएक्स गरेका छन् ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu