कुनै बेलाको लोकप्रिय सांगीतिक समूह ओकिलीका गायक अनिष ओकिली लामो समयपछि गायनमा फर्किएका छन् । उनले आफ्नो अफिसियल युट्युब च्यानलमार्फत ‘सरिताको दिदी’ बोलको गीत सार्वजनिक गरेका छन् ।

गीतमा अनीश ओकिलीको स्वर शब्द तथा संगीत रहेको छ । शब्दमा उनलाई अयोध्या पी उपाध्यायले साथ दिएका छन् । यस्तै गीतमा संगीत संयोजन भने चाँद सिंहको रहेको छ । गीतलाई संगीतकार राजन इशानले मास्टरिंग गरेका हुन् ।
राजन इशानकै अवधारणामा तयार पारिएको उक्त गीतको म्यूजिक भिडियोमा अभिनेता एसराज गराच तथा प्रनिमा दाहालका साथमा सन्दीप क्षेत्रीलाई फिचर गरिएको छ । सन्तोष भुजेलको कोरियोग्राफी, शिवराम श्रेष्ठको छायाङ्कन तथा बिजेश पौडेलको सम्पादनमा तयार भएको उक्त भिडियोलाई बिजेश तथा राजनले निर्देशन गरेका हुन् ।
भिडियो :-