‘गेट रेडी’ गीतमा अमृतासँग प्रदीपको रोमान्स (भिडियो)



विगत लामो समयदेखि कलाकारितामा लागेका नायक प्रदीप बस्तोला र उनको टिमले मिलेर ‘गेट रेडी’ गीतको भिडियो सार्वजनिक गरेको छ । गीतकोमा पपुलर र्यापर गिरिश खतिवडाको बिट रहेको छ भने बुलेट फ्लो र नायक प्रदीपले गाएका छन् ।

उक्त भिडियोमा उनीहरुकै प्रस्तुति रहेको छ भने फिमेल मोडलमा अमृता खनाल र मनिता श्रेष्ठ छन् । भिडियो लोकेन्द्रले खिचेका हुन् भने एडिट पनि उनैले गरेका हुन् र डिरेक्सन प्रदीप स्वयंको हो । भिडियोलाई निकै राम्रो शैलीमा प्रस्तुत गरिएको छ ।

नायक प्रदीप र र्‍यापर गिरिशको यो दोश्रो सहकार्य हो । प्रदीपले केही महिना अगाडि ‘पिपल चौतारी’ नामक गीतको भिडियो आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेका थिए र उक्त भिडियोमा पनि सह-अभिनेत्रीको रुपमा आफ्नै श्रीमतीलाई प्रस्तुत गरेका थिए ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu