‘म नेपाल हो’ मा सन्तोष बने पृथ्वीनारायण शाह



सन्तोष अधिकारीको लगानी रहेको राष्ट्रिय गीत ‘म नेपाल हो’ को भिडियो रिलिज गरिएको छ । अधिकारी स्वयंमको अभिनय रहेको गीतको भिडियो आइतबार संविधान दिवसको अवसर पारेर आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरियो ।

गीत रिलिज कार्यक्रममा अवकाश प्राप्त उपरथी जगदीश चन्द्र पोखरेल, डिआजी ज्ञानेन्द्र महत, क्याप्टेन तथा अभिनेता विजय लामा, निर्देशक दीपेन्द्र कुमार खनाल, देव कुमार श्रेष्ठ, अभिनेता प्रशान्त ताम्रकार लगायतको उपस्थीति रहेको थियो ।

निशान कस्यपको निर्देशन रहेको गीतमा सह-कलाकारको रुपमा कञ्चन भुजेल र जस्मिन मुसेओटले अभिनय गरेका छन् । अजय अधिकारीको शब्द रचना रहेको गीतमा बादल थापा मगर र सुविन सेञ्चुरीको संगीत छ भने स्वर पनि दुवै जनाले मिलेर दिएका छन् । गीतलाई सुविन सेञ्चुरीले एरेञ्ज गरेका हुन् ।

निर्माता अधिकारीको कन्सेप्टमा निर्माण भएको गीतको भिडियो निर्देशक निशान स्वयमले सम्पादन गरेका हुन् । असाप इन्टरटेमेन्टको युट्युब च्यानलबाट सार्वजनिक गीतको मेकिङ्ग उच्च देखिन्छ । सार्वजनिक गीतमा अभिनेता अधिकारीले २० भन्दा बढि क्यारेक्टरमा अभिनय गरेका छन् । गीतको भिडियो हेरेपछि उपस्थीत पाहुनाले अधिकारीको अभिनयको प्रशंसा गरेका थिए ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu