‘पुर्वान्चल ईन्स्टिच्युट अफ फिल्म एन्ड टेलिभिजन’को अध्यक्षमा दीपाश्री



इटहरी। पुर्वि नेपालको इटहरीमा रहेको ‘पुर्वान्चल ईन्स्टिच्युट अफ फिल्म एन्ड टेलिभिजन’ संचालनमा आएको छ । यो ईन्स्टिच्युटले अध्यक्षको रुपमा अभिनेत्री, निर्मात्री तथा निर्देशक दिपाश्री निरौलालाई नियुक्त गरेको छ । यस्तै चलचित्र विकास बोर्डका पुर्व अध्यक्ष राजकुमार राईलाई ईन्स्टिच्युटको संरक्षकको रुपमा राखिएको छ ।

ईन्स्टिच्युटको सभाहलमा आयोजित कार्यक्रममा सल्लाहकार समिति गठन भएको छ । चलचित्र निर्देशक तथा चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुण कुमार प्रधान, महासचिव तथा अभिनेता दिनेश कोइराला र महासंघ उपाध्यक्ष प्रकाश सुब्बा सल्लाहकार समितिमा चयन गरिएको छ ।

कार्यक्रमको प्रमुख अतिथिको रुपमा रहेका फिल्म निर्माता तथा अभिनेता दिपकराज गिरीले ईन्स्टिच्युट र दिपालाई बधाई दिएका छन् । उनले अहिले पढेर सिक्न सकेमात्रै प्रतिष्पर्धी बजारमा उत्रीन सकिने बताए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu