‘असन बजारमा’ गीतमा उषासँग कमलको नृत्य (भिडियो)



नलिना चित्रकार र वेद बस्नेतको स्वरमा रहेको ‘असन बजारमा’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । राजनराज सिवाकोटीको संगीत रहेको गीतमा डिपी खनालको शब्द रचना रहेको छ । डान्सिङ गीतको भिडियोमा अशिष्मा नकर्मी, नारायण प्रधान, उषा उप्रेती र रंग पत्रकार कमल साउदको नृत्य छ ।

गीतको छायांकन नेपाल र अमेरिकामा भएको हो । अमेरिकाको दृश्यमा अशिष्मा नकर्मी फिचर छिन् भने आइसा ओझाको कोरियोग्राफी छ । नेपाल छायांकनमा प्रमोद भण्डारीले कोरियोग्राफी गरेका हुन् । भिडियोमा कमलको जोडी उषासँग बाँधिएको छ ।

चलचित्र निर्देशक समेत रहेका सुव्रत आचार्यले निर्देशन गरेको भिडियोमा जया शर्मा क्रियटिभ डिरेक्टर र नारायण पुरी डिरेक्सन कोर्डिनेसनको रुपमा छन् । विकास दाहालले सम्पादन गरेको भिडियोलाई अमेरिकामा रामेश्वर कार्की र नेपालमा उत्सव दाहालले खिचेका हुन् ।

पत्रकार साउदले पहिलो पटक म्यूजिक भिडियोमा अभिनय गरेका हुन् । उनी अब म्यूजिक भिडियोलाई निरन्तरता दिने सोचमा छन् । ‘असन बजारमा’ गीतको भिडियोमा उनको नृत्यले ध्यान खिच्छ । उनी लामो समयदेखि रंग पत्रकारितामा सक्रिय छन् ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu