उषामाथि पर्‍यो सुधिरको नजर (भिडियो)



प्रमोद खरेलको स्वर, दिपक शर्माको संगीत, ज्ञानेश्वर तिवारीको शब्द तथा अम्बिका अधिकारी तिवारीको निर्माणमा बनेको म्युजिक भिडियो ‘बिहानीको मिरमिरेमा’ सार्वजनिक गरिएको छ । सुधिर श्रेष्ठ र उषा उप्रेती फिचर्ड भिडियोको निर्देशन तथा कोरियोग्राफी रामजी लामिछानेले गरेका छन् ।

आशुतोष अधिकारी, एसोसिएट निर्देशक रहेको भिडियोमा मिलन श्रेष्ठ र शाहील खानको सम्पादन,मानकृष्ण महर्जनको छायाँकन रहेको छ। ज्ञानेश्वर तिवारीले यसअघि मन पराएँ तिमीलाई सार्वजनिक गरेका थिए । अमेरिका बसेर पनि नेपाली गीत संगीतलाई अन्तर्राष्ट्रिय क्षेत्रमा प्रबद्र्धन गर्ने उदेश्यका साथ भिडियो निर्माण गरिएको निर्माता अम्बिका अधिकारी तिवारी बताउँछिन् ।

रोमान्टिक गीतको भिडियोमा सुधिर र उषाको केमेस्ट्री राम्रो जमेको छ। आशुतोष फिल्मसले निर्माण गरेको भिडियो डिएआर मुभिजको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । गीत सार्वजनिक भएसँगै यूट्युबमा दर्शकबाट सकारात्मक प्रतिक्रिया मिलेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu