म्यूजिक भिडियोमा निःसन्तान जोडीको कथा



गायक बाबुल गीरीको स्वरमा रहेको ‘माया बिना चल्दो रैछ जीन्दगी’ को भिडियो सार्वजनिक भएको छ । रविन खड्काको शब्द संगीत रहेको गीतमा बाबुल गिरी र संगीता थापा मगरको स्वर रहेको छ। निःसन्तान जोडीको कथामा आधारित रहेको गीतको भिडियोमा प्रेम, वियोग र यादलाई निकै कलात्मक शैलिमा प्रस्तुत गरिएको छ ।

भिडियोमा कलाकारहरु प्रकाश बस्नेत र प्रमिला खनालको बेजोड अभिनयले भिडियो थप स्तरीय बनेको छ । फरक फरक रुपमा देखिएका कालाकारहरुले गेटअपमा पनि राम्रै मिहेनत गरेको देखिन्छ । गीतको भिडियोलाई सुबोल थापाले निर्देशन गरेका हुन् । गीतलाई उत्कृष्ट बनाउने थापाले भरपुर मिहनेत गरेका छन् ।

निःसन्तान दम्पतीको जीवनमा पर्ने मानसिक असर र यसले पारिवारिक जीवनमा पुर्‍याएको क्षतीलाई मीठो लयमा प्रस्तुत गर्न निर्देशक थापा सफल पनि भएका छन् । ज्ञानेन्द्र शर्माको सिनेम्याटोग्राफी, नविन निरौलाको रंग संयोजन तथा सम्पादन रहेको गीतको भिडियोलाई भिडियो भकारी युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu