प्रिती र पवनले ल्याए ‘आलु जस्तो केटी’ गीत (भिडियो)



गायिका प्रिती आले र गायक पवन रानाको स्वरमा नयाँ गीत सार्वजनिक गरिएको छ । मंगलबार काठमाडौं सामाखुसीमा आयोजीत एक कार्यक्रमबीच ‘आलु जस्तो केटी’ बोलको गीत सार्वजनिक गरिएको हो । गायक पवन र गायिका प्रितीको यो दोस्रो सहकार्य हो ।

यसअघि उनीहरुले ‘भुत्रो मायाजाल’ बोलको गीत सार्वजनिक गरेका थिए । जुन गीत शिर्षककै कारण विवादित पनि बन्न पुगेको थियो । अहिले सार्वजनिक ‘आलु जस्तो केटी’ गीतलाई त्यसैगीतको दोस्रो पार्टमा रुपमा लिइएको छ । सार्वजनिक कार्यक्रममा गायिका प्रितीले यसपटक पनि डान्सिङ गीत दर्शक तथा स्रोतामाफ ल्याएको जानकारी गराइन् ।

आफूले समय समयमा फरक फरक शैलीका गीत गाउन रुचाउने भन्दै उनले यसपटक पनि केही फरक गीत सार्वजनिक गरेको बताइन् ।। ‘लोक गीत सुन्ने दर्शकका लागि केहि नयाँ हुन सक्छ तर लोकगीत भनेर नबुझिदिनुहोला,’ प्रितीले भनिन्, ‘डान्सिङ गीतलाई त्यहि अनुसार लिइदिनुहोला ।’

गीतको शिर्षक किन विवादित बनाउन खोज्नुहुन्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा प्रितीले शिर्षक हेरेर गीतको मुल्यांकन नगरिदिन अनुरोध गरिन् । उनी अगाडि भन्छिन्, ‘खासमा केटा र केटीबीचको संवाद हुने समयमा रिसाउन प्रयोग गर्ने शब्द हो, आलु जस्तो केटा अथवा आलु जस्तो केटी । आलु भन्ने शब्द नराम्रो होइन ।’

गीतमा शब्द पनि प्रिती आलेले नै लेखेकी हुन् भने संगीत पवन रानाको रहेको छ । एरेन्ज विपिन आचार्यको छ । गीतमा पवन र प्रितीले पनि अभिनय गरेका छन् । यस्तै, भिडियोमा रञ्जन पाण्डे र अलिसा शर्माको पनि अभिनय छ । रञ्जनको अभिनयको हिसाबमो यो पहिलो भिडियो हो । यस्तै, भिडियोमा ‘द नेक्स्ट’ गु्रपका प्रदीप लामाको कोरियोग्राफि तथा निर्देशन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu