प्रमिलाको यादले सतायो पललाई (भिडियो)



गजलकार सुरेश वाग्लेको गजल गीत ‘जति बिर्स्यौ तिम्रो याद’ सार्वजनिक भएको छ । गीतमा स्वर र संगीत शिव परियारको रहेको छ । यही गीत मार्फत् २०५९ सालमा रेडियो नेपालले आयोजना गरेको देशव्यापी राष्ट्रिय आधुनिक गीतमा स्वरतर्फ गायक परियार प्रथम हुन सफल भएका थिए ।

‘त्यो जमाना अडियोको थियो । अडियो क्यासेट र विशेष गरेर रेडियोहरूमा खुबै बजेको गीत अझ यो जगल हो। तर, परिवर्तित समयअनुसार रिमेक गरेर भिडियोसहित गीत बजारमा ल्याएका हौं’, गजलकार वाग्ले भन्छन्, ‘पहिले जस्तै अब पनि दर्शक श्रोताले गीत र भिडियोलाई मन पराइदिनु हुनेछ।’

गीतको भिडियोमा अभिनेता सरोज खनाल, पल शाह, आकाश श्रेष्ठ र मोडल तथा कलाकार प्रमिला कार्कीको अभिनय रहेको छ । गीतको भिडियो निर्देशक निकेश खड्काले तयार पारेका हुन । निर्देशक खड्काले गायक परियार, गीतकार वाग्ले र सिंगो नेपाली गजल क्षेत्रसँग जोडिएको र पृथक इतिहास बोकेको गीतलाई नयाँ ढंगबाट एउटा मिठो प्रेम कहानीका रूपमा भिडियोमा प्रस्तुत गरिएको बताए ।

भिडियोमा अभिनय गरेका अभिनेता सरोज खनाल, पल शाह, आकाश खड्का र प्रमिला कार्कीले पनि एउटा ऐतिहासिक गीत गजलसँग जोडिएर काम गर्न पाएकोमा खुसी व्यक्त गरे । नेपाली वेबसाइटको अफिसियल यूट्यूवबाट सार्वजनिक गीतको भिडियोमा बुद्ध लामाको छायांकन देख्न सकिन्छ । यूट्युबमा सार्वजनिक भएसँगै दर्शकबाट गीतलाई सकारात्मक प्रतिक्रिया मिलेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu